शीर्षकहरू

रुपन्देहीमा थन्किए अर्बौका गाडी, प्रधानमन्त्री, मन्त्री र राजा बोक्नेको समेत भएन मर्मत

रुपन्देहीमा थन्किए अर्बौका गाडी, प्रधानमन्त्री, मन्त्री र राजा बोक्नेको समेत भएन मर्मत

भैरहवा । रुपन्देही जिल्लाका विकासे अड्डाहरुमा कुनै बेला निकै भिडभाड हुने गथ्र्यो । विस २०७४ सालमा संघीयता लागू हुनु अगाडिसम्म यस्ता कार्यालयमा आउन कर्मचारीहरु पनि शक्तिकेन्द्र लगाएर आउने गर्थे अहिले ती कार्यालय सुनसान बनेका छन् । तत्कालिन जिल्ला विकास समिति हालको जिल्ला समन्वय समिति सबैभन्दा बढी सुनसान हुने कार्यालय भएको छ । तर, ती कार्यालयमा पुराना र थोत्रा गाडी थन्क्याउने ग्यारेज बनेको छ । सरकारी कार्यालयहरुमा कामकाज गर्नको लागि सहजताका लागि गाडी प्रयोग हुने गर्छन् ।

 कर्मचारी फेरबल हुना साथ गाडी पनि हस्तान्त्रण हुन्छन् । अधिकांश सरकारी कार्यालयमा सरुवा हुँदै गरेको अवस्थामा गाडी बनाउने तर्फ कसैको ध्यान हुँदैन । गाडीका एकपछि अर्को पार्टस बिग्रदैँ जान्छन । सामान्य बिग्रदा मर्मत नहुँदा सरकारी कार्यलयमा गाडि छोटो समयमै कवाड बन्ने गरेका छन् । मोटर साइकल र चार पाङ्ग्रे गाडी कार्यलयमा प्रयोग हुने गर्छन् । तिनै गाडी समयमा मर्मत नहुँदा कार्यालयमा थन्क्याएर राखिएको छ ।

जिल्ला समन्वय समिति रुपन्देहीको स्वामित्वमा रहेका १२ ओटा मोटरसाइकल, २ ओटा गाडी र २ ओटा रोडरोलर प्रयोग विहिन अवस्थामा रहेको छन् । ती गाडी केही बाईक लिलाम प्रकृयामा गएको र केहीको समय म्याद नपुगेकाले लिलाम प्रक्रियामा जान नसकेको जिल्ला समन्वय समिति रुपन्देहीका समन्वय अधिकारी कृष्णप्रसाद खनालले बताए ।

जिल्ला समन्वय समिति रुपन्देहीका समन्वय अधिकारी कृष्णप्रसाद खनालका अनुसार बढी गाडी उक्त कार्यालय परिसरमा रहेका छन् । लु १ झ २३४ नं. टोयटा ल्यान्ड कु्रजर गाडी कार्यालयको अगाडि बिग्रएको अवस्थामा महिनौ दिनदेखि थन्किएको छ । उक्त गाडिमा प्रधामन्त्री केपी शर्मा ओली, तत्कालिन प्रधानमन्त्री स्वर्गीय शुसिल कोइराला लगायतका प्रधानमन्त्री र मन्त्रीहरु चढ्ने गरेको उनको भनाइ छ । प्राप्त जानकारी अनुसार उक्त गाडिमा स्वर्गीय राजा बिरन्द्रले पनि यस क्षेत्रको भ्रमण गर्दा प्रयोग गरेका थिए ।

 राजपरिवारदेखि प्रधानमन्त्री, मन्त्री र भिआपी चढेको गाडि यतिबेला मर्मत संहार नहुँदा थन्किएर बसेको छ । बा १ झ ७१३० नं. को गाडि तत्कालिन समयमा महिला विकास कार्यालयले प्रयोग गरेको गाडि प्रयोग विहिन अवस्थामा छ । बा १ झ २१५ नं.को गाडी र बा १ झ ६९४० नं. को गाडी तत्कालिन एलडीओहरुले प्रयोग गरेका गाडी हुन् । ६६–१–१८८७ नं. को ल्यान्ड कु्रजर गाडी विकास परियोजनाको गाडी प्रयोगविहिन अवस्थामा छ । ती गाडीहरु पनि प्रयोग विहिन अवस्थामा कार्यालय परिसरका कवाडको रुपमा राखिएको छ ।

जिल्ला समन्वय समितिको प्राङ्गढ भित्र थन्कीएका अन्य सन्चालन बिहिन गाडीहरु जिल्ला समन्वय समितिको मात्र नभएर अन्य कार्यालयको पनि रहेको खनालले बताए । भैरहवा भन्सार कार्यालयमा ४ सय १९ ओटा मोटरसाइकल, अटोरिक्सा २० ओटा, बस २ ओटा, ट्याक्टर २ ओटा, कार र जिप ९ ओटा, पिकअप डिसिएम गाडी २६ ओटा, ट्रक, मिनि ट्रक र कन्टेनर गरी ३० ओटा गाडी प्रयोग विहिन रहेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । उक्त सवारी साधन विभिन्न समयमा चोरी तस्करीमा प्रयोग भएका हुन् । चोरी तस्करीका सामान पक्राउ गर्दै गर्दा बरामद भएका सवारी साधन लिलाम हुन नसक्दा कवाड बनेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको परिसरमा ५७ ओटा गाडि अलपत्र अवस्थामा छन् । जसमध्ये ८ ओटा दुर्घटना भएका, ३ ओटा चोरीका, ७ ओटा कागजपत्र नलि हिँडेका, ३९ ओटा पुराना कागजपत्र नभएका, नविकरण फेल भएको जीप १ ओटा र दुर्घटना भएको अटोरिक्सा १ ओटा रहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख बजिरसिंह विष्टले दुर्घटना भएका र ब्लुबुक नविकरण नभएका सवारी साधनहरु कार्यालयमा आएको तर ति गाडी खोजी गर्न कोही नआएको बताए । भैरहवा लुम्बिनी भूमिगत जलस्रोत सिंचाई कार्यालय (भैलुभुज) को कार्यालयमा मोटरसाइकल १८ ओटा, पिकअप र जिप ५ ओटा, ट्याक्टर ३ ओटा, स्काभेटर १ ओटा, केस ट्याक्टर २ ओटा, कम्पेसर मेसिन २ ओटा कन्टेनर १ ओटा प्रयोग विहिन अवस्थामा रहेको कार्यालय प्रमुख उपेन्द्ररत्न स्थापितले बताए ।

भैलुभुज कार्यालय परिसरमा तत्कालिन जल उत्पन्न कार्यालयको १ ओटा स्काभेटर, बा १ झ ७६०१ नं. को सहरी विकास कार्यालय लुम्बिनी प्रदेशको डबलक्याप गाडि प्रयोगविहिन अवस्थामा रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा मोटरसाइकल २ सय ११ ओटा, र शंकास्पद तथा अनुसन्धानको रुपमा रहेका सवारी साधन ४३ ओटा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले बताए ।

अनुसन्धानमा रहेका गाडीहरु तत्काल लिलाम गर्न नसक्दा गाडीहरु थुप्रिएको भट्टले बताए । रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले रुपन्देहीमा जिर्ण र मुद्धाको प्रकृयामा रहेका दुई प्रकारका सवारी साधन रहेको बताउँदै मुद्धा नटुंगीदा सम्म लिलाम गर्न नमिल्ने र अन्य सवारी साधनलाई कानुन सम्मत लिलाम प्रकृयामा जाने बताए ।कार्यालय परिसरमा प्रयोग विहिन गाडी राखिदा कार्यालय कुरुप बनेको छ भने राज्यलाई ठूलो धनराशी घाटा लागि रहेको छ ।