शीर्षकहरू

दुई लघुवित्तको संस्थापक शेयर सर्वसाधारणले खरिद गर्न पाउने

दुई लघुवित्तको संस्थापक शेयर सर्वसाधारणले खरिद गर्न पाउने

काठमाडौं । आइतवार दुई लघुवित्तको ५८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारण लगानीकर्ताले खरीद गर्न पाउने गरी बिक्रीमा आएको छ । नेशनल लघुवित्त वित्तीय संस्था लघुवित्तले ५३ हजार ९१४ कित्ता र समता घरेलु लघुवित्त वित्तीय संस्थाले ५ हजार कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएका हुन् ।

यसअघि दुबै कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सूचना जारी गरिसकेका छन् । सो अवधिसम्म विद्यमान संस्थापक शेयरधनीहरूमा बिक्री हुन नसकेको यी शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी बिक्री गर्न लागेको हो । इच्छुक खरिदकर्ताहरूले आगामी ७ दिनभित्र सम्बन्धित कम्पनीको केन्द्रिय कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।

नेशनल लघुवित्तको शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय बनेपा १०, काभ्रपलाञ्चोक र समता घरेलु लघुवित्तको शेयर खरिदका लागि कम्पनीको केन्द्रिय कार्यालय बनेपा, ७, काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ । आवेदन दिँदा के कति कित्ता कति मूल्यमा खरीद गर्न चाहेको हो सो समेत खुलाउनुपर्ने भनाई कम्पनीको छ ।