शीर्षकहरू

९ करोड ठगी आरोपमा माछापुच्छ्रे सहकारीका अध्यक्ष पक्राउ, लगत्तै अस्पताल भर्ना

९ करोड ठगी आरोपमा माछापुच्छ्रे सहकारीका अध्यक्ष पक्राउ, लगत्तै अस्पताल भर्ना

काठमाडौं । सहकारीको रकम अपचलन गरी ठगी गरेको आरोपमा विराटनगरस्थित माछापुच्छ्रे् बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अमलेश कर्ण पक्राउ परेका छन् ।  ९ करोड २६ लाख ९१ हजार रुपैयाँ हिनामिना गरी ठगी गरेको आरोप उनीमाथि छ ।

उनी २ वर्षदेखि फरार थिए । संस्थाका पदाधिकारी र सञ्चालकले सर्वसाधारणको रकम हिनामिना गरेर सञ्चालक सम्पर्कविहीन भएका थिए । प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले गरेको छानबिनका क्रममा सर्वसाधारणले जम्मा गरेको रकम सञ्चालकले हिनामिना गरेको खुलेको थियो । त्यसपछि सर्वसाधारणहरू रकम फिर्ता लिन कार्यालय पुगेकोमा त्यसअघि नै कर्णसहित सञ्चालकहरू फरार भइसकेका थिए ।

पक्राउ परेलगत्तै उनी अस्पताल भर्ना भएका छन् । उच्च रक्तचापका कारण उनलाई कोशी अस्पतालमा भर्ना गरिएको प्रहरीले बताएको छ।

सहकारी ठगीको आरोपमा कर्णसहित सहकारीका २६ जनाविरुद्ध उजुरी परेको छ ।

कर्ण तत्कालीन विवेकशील साझा पार्टी मोरङका अध्यक्ष हुन् । २०७४ र २०७९ मा उनी  विराटनगर महानगरको मेयरमा उठेका थिए ।