शीर्षकहरू

धनराज दम्पत्ती जोडिएको सहकारी हिनामिना प्रकरणमा सीआईबीले थाल्यो अनुसन्धान

धनराज दम्पत्ती जोडिएको सहकारी हिनामिना प्रकरणमा सीआईबीले थाल्यो अनुसन्धान

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति तथा पूर्व कानुमन्त्री धनराज गुरुङ र उनकी पूर्वपत्नी ज्योति गुरुङ जोडिएको मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अनुसन्धान सुरु गरेको छ । 

उक्त संस्थामा भएको रकम अनियमितताबारे निवेदन परेपछि अनुसन्धान सुरु गरिएको सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । उनले भने, “उक्त संस्थामा रकम अपचलन भएका विषयमा हामी कहाँ उजुरी परेपछि हामीले अहिले हामीले मुख्य रुपमा सहकारीका कर्मचारी र सञ्चालक समितिमाथि अनुसन्धान अघि बढाएका छौँ ।” 

सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको महाप्रबन्धक रहेका बेला ज्योति गुरुङले रु १२ करोड ५० लाख ठगी गरेको भन्दै सहकारी रजिस्ट्रारको कार्यालयमा गत साउन महिनामा उजुरी दर्ता गरेको जनाइएको छ । ठगीमा ज्योतिको नाम जोडिए पनि यसमा कांग्रेस उपसभापति धनराज पनि सहभागी रहेको आरोप छ । गुरुङले आफूहरूको सम्बन्धविच्छेद भइसकेकाले अन्य व्यक्तिसँगको अपराधमा जोड्न नहुने बताउँदै आएका छन् । यद्यपि, उनीहरूको सहकारी ठगीबाट बच्न उनले कागजी सम्बन्धविच्छेद मात्रै गरेक‍ो गुरुङमाथि छ ।