शीर्षकहरू

अरविन्द केजरीवालले पदबाट राजीनामा दिने

अरविन्द केजरीवालले पदबाट राजीनामा दिने

एजेन्सी । २ दिनअघि जमानतमा जेलबाट बाहिर आएका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने बताएका छन् । केजरीवाल आम आदमी पार्टीको कार्यालयमा बोल्दै यस्तो बताएका हुन। उनले भने, ‘भाजपाले मलाई बेइमान र भ्रष्टाचारको आरोप लगाएको छ।  अब जनताको अदालतमा मेरो इमानदारीको फैसला हुनेछ। दुई–तीन दिनमा विधायकको बैठकले नयाँ मुख्यमन्त्री चयन गर्नेछ। चुनाव नभएसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन ।’

केजरीवालले भने, ‘मनिष सिसोदियाले पनि म जस्तै आरोपहरू सामना गर्छन्। आफू पनि पद नबस्ने, चुनाव जितेपछि मात्रै पद धारण गर्ने उनको धारणा छ ।’ केजरीवालले  इमानदार वा बेइमान जनताले निर्णय गर्नुपर्ने बताएका छन् । चुनावपछि जनताले मलाई चुन्यो भने म पदमा बस्छु । निर्वाचन नभएसम्म पार्टीले दुई–तीन दिनमा नयाँ मुख्यमन्त्री चयन गर्नेछ । आतिशी, कैलाश गहलोत, गोपाल राई, सौरभ भारद्वाज र सुनिता केजरीवालमध्ये कोही पनि मुख्यमन्त्री बन्न सक्छन्।

 हरियाणामा ५ अक्टोबरमा मतदान हुँदैछ । आम आदमी पार्टीले राज्यमा कांग्रेससँग गठबन्धन गरेको छैन। यसपछि पार्टीले सबै ९० सिटमा उम्मेदवार खडा गरेको छ । केजरीवालको सम्पूर्ण ध्यान अब हरियाणाको चुनावी प्रचारमा केन्द्रित हुनेछ।