शीर्षकहरू

पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो

पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर पाँच रुपैयाँ घटाएको हो ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनका मूल्यमा भने कुनै पनि परिवर्तन नगरेको निगमले जनाएको छ ।