शीर्षकहरू

४० जना सहसचिवको सरुवा, काठमाडौं महानगरका प्रमुख पनि फेरिए [सरुवा सूची]

४० जना सहसचिवको सरुवा, काठमाडौं महानगरका प्रमुख पनि फेरिए [सरुवा सूची]

काठमाडौं । नेपाल सरकारले ४० जना सहसचिवको एकैसाथ सरुवा गरेको छ । मन्त्रिपरिषदको गत विहीबारको बैठकले प्रशासनसहित विभिन्न सेवाका प्राविधिक सहसचिवहरुको सरुवा गरेको हो । 

जिम्मेवारी फेर्न क्रममा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका छन् । काठमाडौं महानगरपालिकामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट सरोजप्रसाद गुरागाईं पुगेका छन् ।

राजीव पोखरेलको मधेश प्रदेशको उद्योग वाणिज्य मन्त्रालयबाट संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मधेश प्रदेशमा सरुवा भएको छ ।सूचना तथा प्रशारण विभागका महानिर्देशक बलराम रिजाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ । 

सहसचिवहरुको सरुवा सूची