शीर्षकहरू

रवि र धनराज सहकारीको रकम अपचलनमा संलग्न, कारबाही गर्न समितिको सिफारिस

रवि र धनराज सहकारीको रकम अपचलनमा संलग्न, कारबाही गर्न समितिको सिफारिस

काठमाडौं ।  रवि लामिछाने र धनराज गुरुङ दुबै जना सहकारीको रकम अपचलनमा संलग्न रहेको पाइएको छ । सांसद सूर्य थापा नेतृत्वको समितिले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति  लामिछाने सहकारीको रकम अपचलनमा संलग्न रहेको पाइएकाे हाे । 

सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले तयार पारेकाे प्रतिवेदन अनुसार नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङ सहकारीको रकम अपचलनमा संलग्न रहेको देखाएको छ । ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १४ करोड रुपैयाँ अपचलनमा गुरुङ र उनकी श्रीमती ज्योति गुरुङको संलग्नता रहेको पाइएको हो । 

समितिका एक सदस्यका अनुसार सहकारीबाट ल्याएकाे रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा खर्च गर्दा लामिछानेको हस्ताक्षर रहेकाले उनी पनि रकम अपचलनमा संलग्न भएको समितिकाे ठहर छ । लामिछाने र गुरुङ दुबै जनालाई कारबाहीको सिफारिससहितको प्रतिवेदन तयार गरिएकाे छ । 

गोरखा मिडिया कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको भेटिएको समितिले जनाएको छ । राइ हाल फरार छन् ।