शीर्षकहरू

सुनको मूल्य तोलामै एक लाख ५७ हजार नाघ्यो

सुनको मूल्य तोलामै एक लाख ५७ हजार नाघ्यो

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको तोलामै एक लाख ५७ हजार नाघेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि सुनको मूल्य एक लाख ५६ हजार ८ सय रुपैयाँ पुगेको थियो ।             

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ५७ हजार ३ सय रुपैयाँ रहेको छ ।                           

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९१५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।