शीर्षकहरू

संस्थापक शेयर बिक्री गर्दै नबिल बैंक

संस्थापक शेयर बिक्री गर्दै नबिल बैंक

काठमाडौं । नबिल बैंक लिमिटेडले ३ लाख कित्ता संस्थापक शेयर असोज २ गतेदेखि बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता ३०७ रुपैयाँ अंकित मूल्यमा यी शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरिद गर्न पाउने गरी बिक्री गर्न लागेको हो ।

इच्छुुक खरिदकर्ताहरूले असोज १६ गते अपरान्ह ३ बजेभित्र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको कमलपोखरी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । 

आवेदन पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्नुपर्नेछ ।