शीर्षकहरू

बारामा यात्रुबाहक बस पुलबाट खस्यो, १ जनाको मृत्यु, ४२ घाइते

बारामा यात्रुबाहक बस पुलबाट खस्यो, १ जनाको मृत्यु, ४२ घाइते

काठमाडौं । बारामा यात्रुबाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । गएराति निजगढ नगरपालिका- ८ स्थित उनासी पुलबाट बस तल खसेर दुर्घटना हुँदा दाङका करिब ४५ वर्षीय चेतनराय यादवको मृत्यु भएको हो ।

यादवको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएकोमा बसमा सवार अन्य ४२ जना घाइते भएको  जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

काँकडभिट्टाबाट दाङ जाँदै गरेको ना ८ ख ११६४ नम्बरको बस गए राति १ बजे पुलदेखि ८ मिटर तल खसेको थियो । घाइतेको निजगढस्थित प्रसूति गृह र सीटी अस्पताल तथा वीरगञ्जको बयोधा अस्पतालमा उपचार भइरहेको  बाराका डीएसपी प्रकाश सापकोटाले बताए ।

उनका अनुसार घाइतेमध्ये चालकसहित ७ जनाको अवस्था गम्भीर रहेको छ ।