शीर्षकहरू

ग्रेटर नेपालका अभियन्ता नेपालको ट्विटर बन्द गराउन एक्सलाई भारत सरकारको अनुरोध

ग्रेटर नेपालका अभियन्ता नेपालको ट्विटर बन्द गराउन एक्सलाई भारत सरकारको अनुरोध

काठमाडौं । ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपालले भारत सरकारले आफ्नो एक्स (ट्विटर) अकाउन्ट बन्द गराउन भारत सरकारले एक्सलाई अनुरोध गरेको दाबी गरेका छन् । एक्सले पठाएको म्यासेज सार्वजनिक गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

आफ्ना ट्विटहरू भारतभर प्रतिबन्ध गरिएको एक्सले जानकारी दिएको उनले बताएका छन् । उनले भनेका छन्, 'मेरो ट्विट इन्डियामा withheld गरिएको भनेर X ले लेखेको छ, इन्डियाभित्र तिम्रा ट्विट प्रतिबन्धित हुनेछन् । संसारको सबभन्दा ठूलो लोकतान्त्रिक मुलुकको सरकार नै खनिएर मेरो आवाज दबाउन खोज्दा मेरो देशको सरकार भने मौन छ । म मेरो सरकारलाई भन्न चाहन्छु , ममाथिको प्रहार देशविरुद्ध पनि हो ।'

यस्तै आफ्नो अकाउन्ट बन्द गराउन भारत सरकारले एक्सलाई दबाब दिएको मेलमार्फत् कम्पनीले जानकारी दिएको पनि उनले बताएका छन् । साथै आफूमाथि कारबाही गर्न नेपालको परराष्ट्र मन्त्रालयमार्फत् औपचारिक रूपमा आउन पनि उनले आह्वान गरेका छन् ।

फोटो सार्वजनिक गर्दै उनले भनेका छन्, 'इन्डियाली सरकारले X (ट्विटर) लाई मेरो ट्विटर अकाउन्ट हटाउन भनी दबाब दिएको कुरा X ले मलाई पठाएको इ-मेलमा भनिएको छ । यस सन्दर्भमा म इन्डियाली सरकारलाई ममाथि कारबाही गर्न मेरो देशको परराष्ट्र मन्त्रालयमार्फत औपचारिक रूपमा आउन आग्रह गर्दछु ।'