शीर्षकहरू

‘आइएसएमटी जब फेयर’ कार्यक्रम सम्पन्न

‘आइएसएमटी जब फेयर’ कार्यक्रम सम्पन्न

काठमाडौं । तीनकुनेको गैरिगाउँमा रहेको आइएसमएमटी कलेजले ‘आइएसएमटी जब फेयर’ कार्यक्रम सम्पन्न गरेको छ । कलेजकै प्राङ्गणमा भएको उक्त कार्यक्रममा विभिन्न १९ टप कम्पनीहरुले आफ्नो स्टल राखेका थिए । 

उक्त कार्यक्रममा आफ्नो अध्ययन सकाएर र अध्ययन गरिरहेका दुई सय विद्यार्थीहरूले अन्तर्वार्तामा सहभागिता जनाएका थिए । विद्यार्थीहरूलाई डिग्री मात्र उपलब्ध गराउने नभई दक्ष, सबल र सक्षम बनाउने उद्देश्यका साथ सञ्चालित यस आइएसएमटी कलेजले वर्षमा कम्तीमा २ वटा यस किसिमको जब फेयर कार्यक्रम आयोजना गर्ने गरेको छ ।  

यस किसिमको कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो करियर स्टार्ट गर्न कम्पनी कम्पनी धाउन नपरोस् र एउटै स्थानमा विभिन्न कम्पनीको जानकारी पाउनुका साथै आफूले रोजेको कम्पनीमा जागिर पाउन सकुन् भन्ने अभिप्रायले यस किसिमको कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ ।