शीर्षकहरू

साउनमा वाणिज्य बैंकहरूले कमाए ९ अर्ब नाफा, कुनको कति ?

साउनमा वाणिज्य बैंकहरूले कमाए ९ अर्ब नाफा, कुनको कति ?

काठमाडौं । गएको साउन महिनामा वाणिज्य बैंकहरूले ९ अर्ब रुपैयाँ भन्दा बढी कमाएका छन् । साउनमा वाणिज्य बैंकहरुले ९ अर्ब १७ करोड रुपैयाँ खुद नाफा गरेका हुन् ।    

नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा सबैभन्दा बढी ग्लोबल आइएमई बैंकले नाफा गरेको छ । यस बैंकले ८९ करोड २० लाख रुपैयाँ नाफा गरेर सबैभन्दा बढी नाफा कमाउने बैंक बनेको हो । 

दोस्रोमा नबिल बैंक रहेको छ । यस बैंकले ८० करोड ३० लाख रुपैयाँ नाफा गरेको छ । तेस्रोमा रहेको कृषि विकास बैंक ७१ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ ।

साउनमा हिमालयन बैंकले ५८ करोड ८० लाख रुपैयाा नाफा कमाउँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५७ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । यसका साथै प्रभु बैंकले ५३ करोड ८० लाख, प्राइम कमर्सियल बैंकले ५० करोड ५० लाख, कुमारी बैंकले ५० करोड ३० लाख, लक्ष्मी सनराइज बैंकले ४३ करोड ३० लाख, एनएमबि बैंकले ४२ करोड ७० लाख रुपैयाँ । एभरेष्ट बैंकले ४२ करोेड २० लाख रुपैयाँ नाफा कमाएको छ ।  

त्यसैगरि, सानिमा बैंकले ३८ करोड २० लाख, राष्ट्रिय वाणिज्य बैंकले ३६ करोड सिद्धार्थले ३४ करोड ८० लाख, सिटिजन्सले ३४ करोड २० लाख, नेपाल एसबिआईले ३३ करोड ३० लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३१ करोड १० लाख र एनआइसी एसिया बैंकले २६ करोड ६० लाख नाफा कमाएका छन् । साथै नेपाल बैंकले २२ करोड ३० लाख नाफा कमाउँदा माछापुच्छ्रे बैंकले २० करोड २० लाख रुपैयाँ नाफा गरेको छ ।