शीर्षकहरू

गरिमा विकास बैंकका अनिल रेग्मी नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा

गरिमा विकास बैंकका अनिल रेग्मी नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडौं ।  गरिमा विकास बैंक लिमिटेडले सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत अनिल रेग्मी विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । बैंकको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले रेग्मीलाई बढुवा गरेको हो ।

 गरिमा विकास बैंक लिमिटेडमा विगत २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत चार्टड एकाउन्टेन्ट अनिल रेग्मीलाई २०८१ आश्विन १ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरको हो । नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मी २०८० चैत्र १५ गतेदेखि विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएका थिए ।  

नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीसँग तत्कालिन जनता बैंक लिमिटेड र तत्कालिन सेन्चुरी कमर्शियल बैंक लिमिटेडमा ११ वर्ष सहित बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तहका रही करिब १३ बर्ष कार्य गरको अनुभव रहेको 
छ । बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व लेखापरीक्षण तथा कन्सल्टेन्सी पेशामा आवद्ध रहेका रेग्मीसंग बैंकिङ्ग लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको लेखापरीक्षण कार्य गरको अनुभव समेत रहेको छ । 

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएम मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।