शीर्षकहरू

खल्तीबाट वल्डलिंकको भुक्तानी गर्दा ईभी कार पाइने

खल्तीबाट वल्डलिंकको भुक्तानी गर्दा ईभी कार पाइने

काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले आफ्नो खल्तीफुल दशैंको दोस्रो च्याप्टर घोषणा गरेको छ । यस योजना अन्तरगत खल्ती प्रयोगकर्ताहरूले वल्डलिंकको बिल भुक्तानी गरी नामी ०१ ई३ ईभी कार जित्न सक्नेछन् । 

असोज ३० गतेदेखि पुष १० सम्म लागु हुने यस अफरमा प्रयोगकर्ताहरूले खल्तीबाट वल्डलिंक इन्टरनेटको बिल भुक्तानी गरी कार जित्न सक्नेछन् । यसका साथै प्रयोगकर्ताहरूले हरेक हप्ता सामसुङको प्रडक्ट जित्न सक्नेछन् भने बोटका प्रडक्टहरूमा ५३ प्रतिशतसम्मको र सामसुङको  प्रडक्टहरूमा ३९ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यो अफर नयाँ वल्डलिंक सब्सक्रिप्सन् साथै नवीकरण दुबैका लागि लागु हुनेछ । यस योजना अन्तरगत १ महिनादेखि २४ महिनासम्मको इन्टरनेट प्याकेज भुक्तानीमा र्याफल टिकट (विशेष कुपन) पाइने व्यवस्था गरिएको छ र सोही कुपन मार्फत प्रयोगकर्ताहरू लक्की ड्रका लागि छनोट हुनेछन् ।