शीर्षकहरू

डिप्रोक्स लघुवित्तको २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

डिप्रोक्स लघुवित्तको २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ हजार कित्ता संस्थापक शेयर बिक्रीका लागि मंगलवार सूचना जारी गरेको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो । 

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्न सक्नेछन् । आवेदन कम्पनीको केन्द्रिय कार्यालय सितापाइला, काठमाडौंमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको हो । आवेदन पेश गर्दा के कति कित्ता शेयर कति मूल्यमा खरीद गर्न चाहेको हो सो समेत खुलाउनुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले आवेदन नदिएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर बिक्री गरिने जानकारी समेत कम्पनीले दिएको छ ।