शीर्षकहरू

न्यादी हाइड्रोपावरको शेयरको लकइन कात्तिक ४ गतेसम्म

न्यादी हाइड्रोपावरको शेयरको लकइन कात्तिक ४ गतेसम्म

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको १ करोड २७ लाख ९५  हजार कित्ता शेयरको ‘लक–इन’ अवधि कात्तिक ४ गतेपछि सकिने भएको छ । कम्पनीका संस्थापकतर्फको १ करोड ९ लाख ५० हजार कित्ता, स्थानीय वासिन्दाहरूतर्फको अतिप्रभावित ५ लाख कित्ता, प्रभावित १० लाख कित्ता र कर्मचारीहरूतर्फको ३ लाख कित्ता शेयर तीन वर्षको ‘लक–इन’मा थियो । 

‘लक–इन’ अवधि सकिएपछि संस्थापक शेयरधनी, स्थानीय वासिन्दा र कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीका संस्थापक, आयोजना प्रभावित क्षेत्रका वासिन्दा र कर्मचारीहरूसमेत सर्वसाधारणलाई २०७८ कात्तिक ५ गते शेयर बाँडफाँट गरिएको थियो ।

सर्वसाधारणमा शेयर बाँडफाँट गरिएको मितिले तीन वर्षसम्म संस्थापक, स्थानीय वासिन्दा र कर्मचारीहरूको शेयर ‘लक–इन’ मा राख्नुपर्ने प्रावधान छ ।