शीर्षकहरू

सामसङको ‘भव्य दशैं तिहार, घर भरी उपहार’ अफर सार्वजनिक

सामसङको ‘भव्य दशैं तिहार, घर भरी उपहार’ अफर सार्वजनिक

काठमाडौं । चाडपर्वको अवसर नजिकिँदै गर्दा सामसङले नयाँ अफ सार्वजनिक गरेको छ । आगामी कार्तिक ३० गतेसम्म नेपालमा सञ्चालन हुने “भव्य दशैं तिहार, घर भरि उपहार” अफर ल्याएको हो । 

यो अफरद्वारा ग्राहकहरूलाई ३१ प्रतिशतसम्मको छुटमा नवीनतम सामसङ टिभीहरू र घरेलु उपकरणहरू घरमा ल्याउन र चुनिएका सामसङ टिभीहरू खरिद गर्दा १२ महिनासम्मको निःशुल्क वर्ल्डलिंक इन्टरनेट र नेट टिभी सब्स्क्रिप्सन पाउने  भएका छन् । यसका साथै चुनिएका सामसङ फ्रन्ट लोड वाशिङ मेसिनको खरिद गर्दा निःशुल्क ६ केजी सर्फ एक्सेल म्याटिक पाउने जस्ता आकर्षक उपहारहरूको लाभ उठाउन सकिनेछ ।    

लगातार १८ वर्षदेखि ग्लोबल नम्बर १ टिभी ब्रान्ड रहेको सामसङले आफ्नो नयाँ दायराको एचडी, एफएचडी, ४के युएचडी, क्युएलईडी, नियो क्युएलईडी ४के टिभी र फ्रेम टिभीहरूमा आकर्षक छुट मूल्यमा मात्रै नभई विशेष बोनस उपहारहरू सहित क्यासब्याकहरू प्रदान गरेको छ । क्यासब्याक सँगसँगै ग्राहकहरूले क्युएलईडी वा त्यो भन्दा माथिको सामसङ टिभी मोडलहरू खरिद गर्दा पहिलो आउनेले पहिलो सेवा पाउने आधारमा डिलरहरूको पूर्ण विवेकबाट प्रदान गरिएको १२ महिनासम्मको निःशुल्क वर्ल्डलिङ्क इन्टरनेट र नेट टिभीको सब्स्क्रिप्सन पनि प्राप्त गर्न सक्नेछन् ।

यो लाभको फाइदा उठाउन वर्ल्डलिङ्क इन्टरनेट र नेट टिभी जडानको लागि नियमित स्थापना शुल्कहरू भने ग्राहकहरूले आफै तिर्नुपर्नेछ । आईएसपी प्रदायकको एकल विवेकमा प्रदान हुने यो प्रस्ताव प्राप्त गर्न अन्य स्त्यन्डर्ड नियम र सर्तहरू पनि लागू हुनेछन् ।