शीर्षकहरू

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको साधारणसभा असोज २३ गते हुने

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको साधारणसभा असोज २३ गते हुने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले साधारणसभा आव्हान गरेको छ । कम्नपीको सञ्चालक समितिले प्रस्ताव गरेको १८.३८११ प्रतिशत बोनश शेयरको प्रस्ताव पारित गर्ने प्स्ताव रहेको छ ।

सभाले आव २०७९/०८० को वार्षिक प्रतिवेदन पारित गर्नेछ । चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नुका साथै सञ्चालकहरूको सुविधा परिमार्जन गर्ने प्रस्ताव पनि सभाले पारित गर्ने छ ।

सभा प्रयोजनार्थ कम्पनीले असोज ११ गते बुक क्लोज गर्ने भएको छ । असोज १० गतेसम्म नेप्सेमा कायम रहने शेयरधनी प्रस्तावित लाभांश पाउन र सभामा सहभागी बन्न योग्य हुनेछन् ।