शीर्षकहरू

बझाङमा भूकम्पको धक्का

बझाङमा भूकम्पको धक्का

बझाङ । बझाङमा भूकम्प धक्का महशुस गएको छ। बुधबार बिहान १० बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको हो । 

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार खप्तडछान्ना गाउँपालिका वडा नम्बर ३ माझिगाउँ  आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि मष्टा गाउँपालिकाको मासदेव मन्दिर र खप्तडछान्नाकै गडराय केन्द्र बनाएर भूकम्पका धक्का महशुस गरिएको थियो ।