शीर्षकहरू

अवैध लागूऔषध सहित एक जना पक्राउ

अवैध लागूऔषध सहित एक जना पक्राउ

कैलाली । अवैध लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । घोडाघोडी नगरपालिका १ लुहारपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय सुमन बोहरालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।