शीर्षकहरू

अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन सक्दैनः स्वास्थ्यमन्त्री

अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन सक्दैनः स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताएका छन्। बुधबार ललितपुरमा गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले आयोजना गरेको २७ औं गणेशमान सिंह स्मृति दिवसमा बोल्दै उनले भत्ता दिन नसक्ने जनाएका हुन्। 

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले भने, ‘हाम्रो कस्तो छ भने को मान्छे बिरामी हुन्छ र त्यसको सुविधाका बारेमा बोल्न पाइन्छ भनेर पर्खिए जस्तो देखिन्छ । उपचारात्मक पद्धतिमा केही कुरा भइरहेको छ, चासो पनि अलि बढी छ । तर निरोधात्मक पद्धतिमा प्रिभेन्सनको पाटोमा केही काम भएको छ आजसम्म ? यसरी नै जाने हो भने नेपालमा सबैभन्दा बढी २० वर्षभित्र नेपालमा ५० वर्ष भन्दा माथिको संख्या बढी हुन्छ । त्यो एक्टिभ पनि हुन सक्दैन, त्यो निरोगी पनि हुन सक्दैन । अब मलाई कति साथीले यस्तो कुरा नबोल्न भन्छन् । अब १० वर्षपछि राज्यले वृद्धभत्ता दिनै सक्दैन ।’

उनले मान्छेलाई रोग लाग्न नदिने कुरामा जोड दिनु पर्ने बताए । खाद्य स्वास्थ्यको मुख्य विषय यसबारे ध्यान दिन पनि उनले आग्रह गरे ।