शीर्षकहरू

नेप्सेलाई अर्थमन्त्रीको प्रश्न– सबै ठिकठाक हुँदा पनि शेयर बजार किन घट्यो ?

नेप्सेलाई अर्थमन्त्रीको प्रश्न– सबै ठिकठाक हुँदा पनि शेयर बजार किन घट्यो ?
फाइल फोटो

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुधबार दिउँसो नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा निरीक्षण तथा त्यहाँका कर्मचारीहरूसँग छलफल गरेका छन् । सो क्रममा उनले सबै ठिकठाक हुँदा पनि शेयर बजार घटेकोबारे चासो देखाए  ।

‘बजार किन घट्यो ? तीन हजार पुगेको नेप्से २५ सयमा कसरी आयो ? ३० अर्बको कारोबार किन ८ अर्बमा आयो ?’, अर्थमन्त्री पौडेलले प्रश्न गर्दै अगाडी भने, ‘राजनीतिक घटना क्रम ठिक छ । ब्याजदर घटेको छ । र पनि किन बजार बढ्न सकेन ?’  

बजारमा हुने कुनै पनि अवाञ्छनीय गतिविधिलाई रोक्न नेप्सेलाई निर्देशन दिँदै उनले अगाडी भने, ‘पर्दा पछाडिबाट बजारलाई प्रभावित पार्ने कुनै पनि गतिविधि नहोस्, यसमा सजग हुनुपर्छ । बजारलाई प्रतिकूल असर पार्नेगरि हुने इन्साइडर ट्रेडिङ  जस्ता गतिविधिहरूमा अन्देखा गर्न हुँदैन ।’ 

सम्बन्धित सरोकारवालाहरुसंग बजारको बारेमा पारदर्शी छलफल गर्न उनले सुझाव दिएका छन् । यसका साथै प्रविधिलाई निश्चित समय सीमा तोकेर प्रविधिको प्रयोग गर्नु पर्ने, जनशक्ति व्यवस्थापन गर्नुपर्ने, गुणस्तरीय सेवा प्रवाह गर्नु र लगानीकर्ताको विश्वास जित्ने काम गर्न ध्यान दिन उनले सुझाव दिएका छन् ।