शीर्षकहरू

स्रोत नखुलेको १६ लाखसहित एक जना पक्राउ

स्रोत नखुलेको १६ लाखसहित एक जना पक्राउ

सिराहा । स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बरियारपट्टी गाउँपालिका १ गोरगम्मा बोडरबाट स्रोत नखुलेको नगद १६ लाख रूपैयाँसहित सोही गाउँपालिका २ खोक्सिटोल बस्ने ४८ वर्षीय ललित दासलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।  

प्रहरी चौकी कचनारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको स.१० प ९८५३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक दासलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।