शीर्षकहरू

लुयानको ‘दशैं तिहार तथा छठ धमाका’ अफर सार्वजनिक

लुयानको ‘दशैं तिहार तथा छठ धमाका’ अफर सार्वजनिक

काठमाडौं । चीनमा निर्मित गुणस्तरीय र विश्वप्रसिद्ध ब्राण्ड ‘लुयान’ का विद्युतीय स्कुटरहरू नेपालमा आधिकारिक वितरकको रूपमा बिक्री वितरण तथा बिक्री पछिको सेवा दिँदै आइरहेको छ । राजधानीका ३ वटै जिल्लाहरू लगायत राजधानी बाहिरका विभिन्न प्रमुख सहरहरूमा रहेका डिलरहरू मार्फत लुयान ब्राण्डका स्कुटरहरूको बिक्री वितरणको व्यवस्था मिलाएका हो । 

यसै सिलसिलामा हामीले आज असोज ०२ गते बुधवारदेखि यही कार्तिक मसान्तसम्म लागु हुने गरी लुयान दशैं तिहार तथा छठ धमाका अफर शुरु गरेका छन् । लुयानको कुनै पनि मोडेलको विद्युतीय स्कुटर खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गर्दै यो अफर सञ्चालन गरिएको हो । 

यस अफर अन्तर्गत लुयानको विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकहरूले नगद १० हजार रुपैयाँ छुट सहित अन्य सुविधाहरू समेत प्राप्त गर्न सक्नेछन् । एउटा प्रिमियम हेलमेट, बीमा तथा नामसारी खर्च समेत ग्राहकले निःशुल्क प्राप्त गर्नेछन् ।  

चालु आर्थिक वर्षको कर, ६ पटकसम्म फ्री सर्भिस तथा स्कुटरका विभिन्न कम्पोनेन्टहरुमा वारेन्टी समेत ग्राहकहरूले प्राप्त गर्नेछन् । यसका साथै अन्य कुनै पनि कम्पनीका पुराना बाइक तथा स्कुटरसँग साटेर लुयानका नयाँ स्कुटर लैजान समेत पाइनेछ । साथै फाइनान्सको सुविधा समेत पाउन सकिनेछ । 

यो स्किम हाम्रो मुख्य शोरुम नागपोखरी, काठमाडाैं लगायत हाम्रा अन्य शोरुम तथा डिलरहरूबाट पाउन सकिनेछ । लुयान ब्राण्डका हरेक स्कुटरहरूमा लिक्विड कुल्ड मोटर प्रयोग गरिएको हुन्छ । जसका कारण स्कुटरको तान्ने क्षमतामा वृद्धि हुनुका साथै मोटरको आयु पनि अन्य सामान्य मोटर भन्दा बढी हुन्छ ।