शीर्षकहरू

आज सार्वजनिक बिदामा पनि बैंकहरूका यी शाखा खुला रहने

आज सार्वजनिक बिदामा पनि बैंकहरूका यी शाखा खुला रहने

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा आज देशभर सरकारले सार्वजनिक बिदा दिएको छ । सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना गरी मनाइँदैछ ।

सार्वजनिक बिदाका दिन पनि केही बैंकहरूले आज वित्तीय सेवा सञ्चालन गरिरहेका छन् । यसदिन साङ्ग्रिला डेभलपमेन्ट बैंकका काठमाडौंको न्युरोड र चाबहिल शाखा खुला रहनेछन् । यस्तै नेपालगञ्ज-बाँके, सुर्खेत-सुर्खेत, पोखरा-कास्की, कोहलपुर-बाँके, भद्रकाली-कास्की, खजुरा-बाँके, नारायणगढ-चितवन, घोराही-दाङ, वीरगञ्ज-पर्सा, गुलरिया-बर्दिया, इटहरी-सुनसरी, बोटेचौर-सुर्खेत र धनगढी-कैलाली शाखा खुला रहने बैंकले जनाएको छ । बैंकका अनुसार यी शाखा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछन् ।

यस्तै लक्ष्मी सनराइज बैंकका काठमाडौं उपत्यकामा हात्तीसार, पुल्चोक र गैह्रीधारा शाखा खुला रहनेछन् । उपत्यकाबाहिर विराटनगर-हनुमानदास रोड, वीरगञ्ज-आदर्शनगर, जनकपुर-भानुचोक, नारायणगढ-लायन्स रोड, पोखरा औधोगिक क्षेत्र, कोहलपुर-मणिग्राम, सुर्खेत, धनगढी-शहिदगेट र महेन्द्रनगर शाखा खुला रहने बैंकले जनाएको छ । यी शाखाहरू बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछन् ।