शीर्षकहरू

धरहरामा रमाउँदै सर्वसाधारण, हेर्नुहोस् २० तस्वीरमा

धरहरामा रमाउँदै सर्वसाधारण, हेर्नुहोस् २० तस्वीरमा

काठमाडौं । काठमाडौंको सुन्धारास्थित धरहरा आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।  २०७२ को महाभूकम्पमा परी क्षतिग्रस्त भएपछि सोही ठाउँमा निर्माण गरिएको अर्को धरहरा आज संविधान दिवसको अवसर पारी सर्वसाधारणका लागि खुला गरिएको हो ।

गएको भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार तत्काल अस्थायी रुपमा असोज ३ गते संविधान दिवसको अवसर पारेर सर्वसाधारणका लागि खुला गरिएको हो । तत्कालका लागि धरहरा प्रवेशमा कुनै शुल्क लगाइएको छैन ।

धरहरा खुलेपछि चढ्न पुग्ने सर्वसाधारणको भिड लागेको छ ।