शीर्षकहरू

स्काइवर्थको ‘सपना साकार–दशैं तिहारको बहार’ बम्परमा कार उपहार

स्काइवर्थको ‘सपना साकार–दशैं तिहारको बहार’ बम्परमा कार उपहार

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रालिले नयाँ अफर ल्याएको छ । यस चाडपर्वको अवसरलाई अझ रोमाञ्चक बनाउन “स्काइवर्थ सपना साकार दशैं तिहारको बहार” बम्परमा कार उपहार अफर सार्वजनिक गरिएको हो ।

यो अफर अन्तर्गत  ग्राहकहरुले  बम्पर पुरस्कारमा एमजी कमेट ई भी कार जित्न सक्नुहुनेछ र विभिन्न होम अप्लायन्सहरूमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । हरेक हप्ता हुने लक्की ड्रका विजेताले माइक्रोवेभ जित्न सक्नेछन् । यो दशैं तिहारको अफरमा अन्य थुप्रै पुरस्कारहरू पनि उपलब्ध छन् ।

स्काइवर्थ नेपालले नेपाली बजारमा टेलिभिजन, फ्रिज, वाशिंग मेसिन, एयर कन्डिसनर जस्ता उच्च गुणस्तरीय, अत्याधुनिक प्रविधिसहितका होम एप्लायन्सेसहरू उपलब्ध गराउँछ । उच्च गुणस्तर र अत्याधुनिक प्रविधिका लागि परिचित स्काईवर्थ उत्पादनहरूले नेपालभरका उपभोक्ताहरूका विश्वास जित्न  सफल  भएका छन् ।

यो अफर असोज १ गतेदेखि कार्तिक ३० सम्म लागू हुने कम्पनीले जनाएको छ ।