काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । हिजो प्रतितोला एक लाख ५५ हजार ६ सय रुपैयाँ रहेको सुनको मूल्य आज एक हजार ५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ५७ हजार १ सय रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ९१५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।