शीर्षकहरू

आज अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै

आज अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज राती चीन प्रस्थान गर्ने भएका छन । चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थमन्त्री  पौडेल चीन प्रस्थान गर्न लागेका हुन ।
 
उनले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एण्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको अर्थमन्त्रीकोे सचिवालयले जनाएको छ । अर्थमन्त्री पौडेल आगामी शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको छ । ।