शीर्षकहरू

नेप्सेमा ३२.८१ अंकको गिरावट, ४ अर्ब ८४ करोडको कारोबार

नेप्सेमा ३२.८१ अंकको गिरावट, ४ अर्ब ८४ करोडको कारोबार

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से ३२.८१ अंकले घटेर दुई हजार ४ सय ८६ दशमलव ७६ विन्दुमा बन्द भएको हो ।  

नेप्सेमा ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँमा सिमित बनेको छ । आज कारोबार भएका कम्पनीमध्ये ३९ वटाको बढेको छ भने २०१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।                                   

आज एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा वीन नेपाल लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको शेयरमूल्य आज ९.८५ प्रतिशतले बढेर प्रतिकित्ता २९०० रुपैयाँ पुगेको छ ।  

ग्रीन भेञ्चर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले घटेको छ । अपी पावर लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ४७ करोड ९९ लाख बराबरको कारोबार भएको छ ।