शीर्षकहरू

पहिरोले देशभर विभिन्न राजमार्गहरू अवरुद्ध

पहिरोले देशभर विभिन्न राजमार्गहरू अवरुद्ध

काठमाडौं । अविरल वर्षापछि पहिरो तथा क्षतिका कारण देशभर विभिन्न सडकहरू अवरुद्ध भएका छन् । 

भीमफेदी-कुलेखानी-फाखेल सडकखण्डको सुकौरामा पहिरो गएपछि उक्त राजमार्ग शुक्रबार बिहानैदेखि अवरुद्ध भएको छ । माथिबाट खसेको पहिरोका कारण अवरुद्ध उक्त सडक खुलाउन प्रहरी टोली र स्थानीयवासीले प्रयास गरिरहेका छन् । कैया गाउँपालिका–१२ घट्टेपाखामा पहिरो गएपछि बिहीबार बिहानैदेखि  हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध छ ।

वर्षाका कारण तीन दिनदेखि अवरुद्ध रापती राजमार्ग खुलेको छैन ।  वर्षाका कारण पहिरो खस्नुका साथै विभिन्न ठाउँमा सडक भासिएपछि तुलसीपुरको राम्रीदेखि कपुरकोटसम्मको सडक अवरुद्ध छ ।

यस्तै धनकुटा जोड्ने भेडेटार रबीराँके सडक अवरुद्ध छ । छनम्वर बुधबारेबीचको सौरे भन्ने ठाउँमा पहिरो गएपछि शुक्रबार बिहानदेखि सवारी आवागतन ठप्प भएको छ । छबिस पाथीभरा १ मा पहिरो गएपछि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग पनि अवरुद्ध भएको छ ।