शीर्षकहरू

एक वर्षमै थपिए ४७ लाख वालेट प्रयोगकर्ता

एक वर्षमै थपिए ४७ लाख वालेट प्रयोगकर्ता

काठमाडौं । नेपालमा डिजिटल वालेट प्रयोगकर्ताको संख्या एक वर्षमै ४७ लाख भनदा बढी थपिएका छन् । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकमा २०८० को साउनदेखि २०८१ को साउनसम्म ४७ लाख १७ हजार ३५१ जना नयाँ वालेट प्रयोगकर्ता थपिएका हुन् । 

२०८० को साउनसम्म नेपालमा डिजिटल वालेट प्रयोगकर्ताको संख्या एक करोड ९५ लाख ४० हजार ३०५ रहेको थियो  ।उक्त संख्या २०८१ को साउनसम्म आइपुग्दा दुई करोड ४२ लाख ५७ हजार ६५६ पुगेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार साउनसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड ४९ लाख ६१ हजार १६५ पुगेको छ । यस्तो संख्या २०८० को साउनसम्म दुई करोड १६ लाख ९१ हजार ४७४ रहेको थियो । यसका साथै साउनसम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १९ लाख ६२ हजार ८२७ पुगेको छ । 

May be an image of blueprint and text