काठमाडौं । सहकारी ठगी आरोप लागेर फरार रहेका एक जना पक्राउ परेका छन् । सहकारीमा बचतकर्ताको रकम अपचलन गरी फरार रहेका बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका हुन् ।
केन्द्रीय अनुसन्धान ब्यूरोका (सीआईबी)का अनुसार उनलाई शुक्रबार भारतको नयाँ दिल्लीबाट पक्राउ गरिएको हो । यसअघि उनीविरुद्ध रेड कर्नर नोटिस जारी भएको थियो । उनलाई भारतस्थित नेपाली दूतावासबाट समन्वय गरेर नेपाल ल्याउने तयारी थालिएको छ ।
सहकारी ठगी आरोपी नेपाली लामो समयदेखि फरार थिए । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीले बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप छ ।