शीर्षकहरू

मौसममा सुधार भएपछि हवाई उडान सुरु, भोलिसम्मका टिकट सकिए

मौसममा सुधार भएपछि हवाई उडान सुरु, भोलिसम्मका टिकट सकिए

काठमाडौं । मौसममा सुधार भएपछि काठमाडौंसहित देशभर ८ वटा विमानस्थल सञ्चालनमा आएका छन् । पछिल्लो तीन दिनयता मौसममा आएको खराबीका कारण उडान बन्द रहेकोमा आजदेखि उडान सुरु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला बताए ।

उनकाअनुसार तत्काल आज राति १० बजेसम्मका लागि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणालीमा उडान अनुमति दिएको छ । मौसम अनुकूल रहे यो समय थपिएर नियमित उडान सुरु गर्ने तयारी गरिएको जानकारी उनले दिए ।

उडान सुरु भए पनि अधिकांश ठाउँको टिकट भने सकिएकाले नयाँ टिकट पाउने अवस्था छैन । काठमाडौं-सिरहा, काठमाडौं-धनगढी, काठमाडौं-पोखरा, काठमाडौं-विराटनगरसहित लगभगै सबैतिरको टिकट सकिएको छ ।

आज र भोलिको टिकट पूर्णतया सकिएकाले पर्सिदेखि मात्रैको टिकट सकिएकाले यसअघि नै टिकट बुकिङ गरेका बाहेक अन्य नयाँले टिकट पाउने अवस्था नरहेको बुद्ध एयरका एक कर्मचारीले बताए ।