शीर्षकहरू

राहत कोषमा कांग्रेसले ५० लाख सहयोग गर्ने

राहत कोषमा कांग्रेसले ५० लाख सहयोग गर्ने

काठमाडौं । नेपाली कांग्रेसले राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । कार्यसम्पादन समितिको आज बिहान बसेको बैठकले विपद् पीडितका लागि संकलन गरिने  कोषमा सहयोग गर्ने निर्णय गरेको हो । 

कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार पार्टी संरचनालाई उद्धार र राहतमा सक्रिय हुन निर्देशन दिने समेत बैठकले निर्णय गरेको छ । यसका साथै राहत कोषमा रकम सहयोग गर्नका लागि सांसदहरुले १५ दिन बराबरको तलब उपलब्ध गराउने निर्णय गरिएको छ ।