शीर्षकहरू

बाढी पहिरोबाट हालसम्म १२९ जनाको मृत्यु, तीन हजार बढीको उद्धार

बाढी पहिरोबाट हालसम्म १२९ जनाको मृत्यु, तीन हजार बढीको उद्धार

काठमाडौं । भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म एक सय २९ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार विपद्मा परी हालसम्म ६२ जना बेपत्ता भएका छन् भने ८६ बढी घाइते भएका छन् ।  

तीन हजार दुई सय ६६ जनाभन्दा बढीको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ । बाढी पहिरोका कारण सडक अवरुद्ध रहेका कारण यात्राका निस्किनु अगाडी अवस्था बुझेर मात्रै निस्किन समेत प्रहरीले आग्रह गरेको छ । 

May be a graphic of map and text