शीर्षकहरू

सहकारी अपचलन : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई दिल्लीबाट पक्राउ गरी काठमाडौं ल्याइयो

सहकारी अपचलन : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई दिल्लीबाट पक्राउ गरी काठमाडौं ल्याइयो

काठमाडौं । सहकारी अपचलनको आरोप लागेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको दिल्लीबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ । उनलाई इन्टरपोलमार्फत शुक्रबार पक्राउ गरिएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले भारतीय प्रहरीको सहयोगमा नेपालीलाई पक्राउ गरेको थियो । नेपालीविरुद्ध पोखरा र बागलुङको ईमेज सहकारी तथा ऋण सहकारी संस्थाको बचत रकम अपचलन गरेको आरोप छ ।

संस्थाका संस्थापक अध्यक्ष समेत रहेका उनले करिब २ अर्ब रकम हिनामिना गरेको आरोप छ । ढोरपाटनमा दुईपटक मेयरमा जितेका उनी २०८० वैशाखदेखि फरार थिए ।