शीर्षकहरू

बाढी–पहिराेको बितण्डाः नदी नियन्त्रण, सिँचाइ र जलविद्युतमै चार अर्ब बढीको क्षति

बाढी–पहिराेको बितण्डाः नदी नियन्त्रण, सिँचाइ र जलविद्युतमै चार अर्ब बढीको क्षति

काठमाडौं । भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण नदी नियन्त्रण, सिचाई र जलविद्युत आयोजनाहरूमा अर्बौँको क्षति भएको छ । आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पत्रकार सम्मेलन गर्दै क्षतिको विवरण सार्वजनिक गरेको हो । 

मन्त्रालयका अनुसार हालसम्म प्राप्त तथ्यांक अनुसार नदी नियन्त्रण तथा सिचाइमा करिब एक अर्ब ३५ करोड र विद्युत् आयोजना तर्फ करिब ३ अर्ब गरि कुल ४ अर्ब ३५ करोडको क्षति भएको छ । 

नदी नियन्त्रण तर्फ

१. मेची नदीले मेचीनगर न.पा. को प्रसादगैडा र मलामीटहरा र भद्रपुर न.पा. गैरी गाउँ, बिरिङ्ग नदीले झापा गा पा रेडक्रस टोल र हुलाकी राजमार्गको तल माथी क्षेत्रमा साथै कन्काई नदीले हुलाकी राजमार्गको तल माथी क्षेत्रमा, झापा गा पा को मिलनबस्ती र सुगा बथान एवं रतुवा रतुवा न पा राजाबासा, गौरादह न पा तेलियाडाँगी र मावा नदीले दमक न पा पाथीभरा मन्दिरमा क्षति पुर्‍याएको । अनुमानित क्षतिको लागत रु २१ करोड

२. कोशी नदीले बेलाका न पा, बक्राहा नदीले मिक्लाजुंग, पथरी शनिश्चरे, रतुवामाई, चिसांग नदीले लेटाङ्ग, बेलबारी साथै डाँस नदीले रंगेली र लोहन्द्रा नदीले बेलबारी एवं बस्ता खोलाले विराटनगर क्षेत्रमा क्षति पुर्‍याएको । अनुमानित क्षतिको लागत रु ५ करोड ४० लाख

३. खाँडो नदीले शम्भुनाथ न.पा., रुपनी ग.पा., राजविराज न.पा., तिलाठी कोइलाडी ग.पा. महुली नदीले तिरहुत ग.पा., कन्चनरूप न.पा., कंकालनी न.पा., कृषणासोवरन ग. पा. साथै बलान नदीले लहान न.पा., सखुवानन्करकट्टी न. पा., बालन बिहुल ग. पा., सुरुङ्गा न.पा. मा ठूलो क्षति पुर्‍याएको । अनुमानित क्षतिको लागत रु ९ करोड ८० लाख

४. रातो नदीले महोत्तरी गापा, बर्दिवास नपा, बलबा नपा, जलेश्वर नपा, भंगहा नपा र मरहा नदीले सोनमा गापा एवं औरही नदीले लोहारपट्टी नपा, मुखियापट्टि नपा, मुसहरनिया गापा र तिपरा गापामा क्षति पुर्‍याएको । अनुमानित क्षतिको लागत रु ४ करोड

५. लखनदेही नदीले बरहथवा न पा, कौडेना न पा, हरिपुर न पा, र ब्रमहपुरी न पा तथा झिम नदीले कौड्ना न पा मा ठूलो क्षति पुर्‍याएको । अनुमानित क्षतिको लागत रु ४ करोड

६. कमला नदीले कल्याणपुर न.पा., सिरहा न.पा., कमला न.पा., सवैला न.पा. र दुधौली न.पा. मा ठूलो क्षति पुर्‍याएको । अनुमानित क्षतिको लागत रु ५ करोड ५० लाख

७. लालबकैया नदीले मौलापुर नपा, बौधिमाई नपा, परोहा नपा, राजपुर नपा, कटहरिया नपा साथै बाग्मति नदीले बृन्दाबन नपा, गदीमाई नपा, माधवनारायण नपा, दुर्गाभगवती गा पा, राजदेवा नगरपालिका बसबरीया गापा, धनकौल गापा र रामनगर गापामा क्षति भएको । अनुमानित क्षतिको लागत रु २० करोड

८.नारायणी नदीले भरतपुरको कोटरी, अन्द्रौली, खोल्सीघाट, बलुवा भरतपुर, मझुवा, सिस्वार मध्यबिन्दू न पा सेरी, नन्दपुर, कावासोती न पा अमलटारी नवलपरासीमा बैंकमा क्षति भएको अवस्था । अनुमानित क्षतिको लागत रु २३ करोड

९.मस्याङ्दी नदीले मनाङ्गको ताल क्षेत्र, दरौदी नदीले छेपेटार, चोरकाटे, जरेबर, नयासाडु, भालुस्वारा, ल्याङ्दीमा तथा अन्य विभिन्न नदीले भानु न.पा. म्यग्दे न.पा., ब्यास न. पा., शुक्लागण्डकी न.पा. मा क्षति पुर्‍याएको । अनुमानित क्षतिको लागत रु ८ करोड ५० लाख

१०. तिनाउ नदीले बुटवलमा २ वटा बेडबारमा क्षति पुर्‍याएको । अनुमानित क्षतिको लागत रु १५ करोड साथै बाणगंगा नदीले बाणगंगा न पा र महाराजगंज नपामा क्षति पुर्‍याएको । अनुमानित क्षतिको लागत रु ६ करोड

११. पश्चिम राप्ति नदीले गड्वा गा.पा., राप्ति सोनार गा.पा. तथा बबई नदीले घोराही उप म.न.पा. र तुल्सीपुर उप म.न.पा. मा क्षति पुर्‍याएको । अनुमानित क्षतिको लागत रु ५ करोड ५० लाख

१२. कर्णाली नदीले राजापुर न.पा.को दलैघाट, अनन्तपुर, तिहुनी र बन्घुस्रामा क्षति पुर्‍याएको । अनुमानित क्षतिको लागत रु ३ करोड ५० लाख

सिंचाई तर्फ

१. सुनसरी मोरङ सिँचाइ आयोजना अन्तर्गतका १० वटा शाखा नहरहरुको टेल स्केपमा सामान्य क्षति भएको । अनुमानित क्षतिको लागत रु ५ करोड ।

२. बाग्मति सिंचाई आयोजनामा पूर्वी मूल नहर र पश्चिम मूल नहर एवं शाखा नहरहरुमा क्षति पुर्‍याएको । अनुमानित क्षतिको लागत रु ५ करोड ४० लाख

३. झाँझ सिँचाइ आयोजना अन्तर्गतको नहरमा रु ३ करोड को अनुमानित क्षति भएको ।

४. कोशि पम्प चन्द्र नहर आयोजनामा माहुली खोलाले क्षति गरेको । अनुमानित क्षतिको लागत रु ५० लाख

५. कमला सिंचाई व्यवस्थापन आयोजना अन्तर्गत बाँधको तल्लो क्षेत्रमा क्षति पुर्‍याएको, घुर्मि नदिमा रहेको १४० मी लम्बाइको साइफनमा क्षति पुर्‍याएको र बताहा नदिमा रहेको साइफनमा क्षति पुर्याइ उच्च जोखिम मा रहेको । अनुमानित क्षतिको लागत रु ५ करोड

६. नारायणी सिंचाई व्यवस्थापन आयोजना अन्तर्गत युरिया नदिले कट्टान गरी नहरमा सामान्य क्षति भएको। अनुमानित क्षतिको लागत रु १० लाख

७. सुनकोशि मरिन डाइभर्सन बहुउध्येशीय आयोजना, सिन्धुली अन्तर्गत निर्माणाधिन कफर ड्यामडुवानमा परेक तथा रामेछाप र सिन्धुली जोड्ने पक्की पुल बगाएको हुनाले ठूलो क्षति भई लागत अनुमान गर्न कठिन भएको ।

८. महाकाली सिंचाई आयोजना, कन्चनपुर लगायत अन्य क्षेत्रमा भाद्र महिनामा आएको बाढीले ठूलो क्षति पुर्याई करिब १ अर्ब १४ करोडको क्षति पुर्‍याएको ।

९. सिंचाई तर्फको अनुमानित क्षतिको लागत रु १९ करोड र सुनकोशी मरिन डाइभर्जन बहुउध्येशीय आयोजनाको क्षति आंकलन गरी वित्तीय लागत अनुमान गर्न बाँकी ।

१०. हालसम्म प्राप्त तथ्यांक अनुसार नदी नियन्त्रण तथा सिंचाई समेत गरी कुल करिब १ अर्ब ३५ करोड र विद्युत् आयोजना तर्फ करिब ३ अर्ब गरि कुल करिब ४ अर्ब ३५ करोडको क्षति रहेको देखिन्छ ।

जलविद्युत तर्फ 

१) मान्डू हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाट क्षमताको बागमति साना जलविद्युत आयोजना, मकवानपुर (पावर हाउस पूणर्रुपमा डुबेको, बाँध क्षेत्रमा क्षति) करिव १ अर्ब रुपैयाँ बराबरको क्षति ।

२) माउन्टेन हाइड्रो नेपालद्वारा प्रवद्र्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजना, पाँचथर (गत वर्षको बाढीबाट पनि प्रभावित, पावर हाउस डुबानमा परेको) करिब २५ करोड रुपैयाँ बराबरको क्षति ।

३) पाँचथर पावरद्वारा प्रवद्र्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजा, पाँचथर (गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनँःनिर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त) क्षति एकिन हुन बाँकी ।

४) साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजना, सोलुखुम्बु (हेडवक्र्समा क्षति, उत्पादन बन्द) क्षति एकिन हुन बाँकी । 

५) सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजना, इलाम (बाँध र टेलरेसमा क्षति, उत्पादन बन्द), करिव ५ करोड रुपैयाँ बराबर क्षति ।

६) सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजना, इलाम (बाँध र प्रसारणलाइनमा क्षति) करिब ७ करोड रुपैयाँ बराबर क्षति ।

७) फेमे खोला जलविद्युत आयोजना १ मेगावाट, पाँचथर, (बाँध र विद्युतगृह पूणर्रुपमा क्षति) करिब १० करोड रुपैयाँ बराबर क्षति ।

८) सिउरीखोला जलविद्युत आयोजना ५ मेगावाट, लमजुङ, (टेलरेस, इन्टेक र टनेलमा क्षति) करिव २ करोड रुपैयाँ बराबर क्षति ।

९) सुपरन्यादी जलविद्युत आयोजना, ४० मेगावाट, लामुजुङ, (पहुँचमार्गमा क्षति, प्रोटेक्सन वालमा क्षति) क्षति एकिन हुन बाँकी ।

१०) इलेप खोला तातोपानी जलविद्युत आयोजना, २५ मेगावाट, धादीङ, (पहुँचमार्गमा ठूलो क्षति) क्षति एकिन हुन बाँकी।

११) माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना २१६ मेगावाट, नुवाकोट, (क्याम्प हाउस, पहुँचमार्गमा क्षति र ३ वटा कन्टेनर बगाएको) करिब १० करोड रुपैयाँ बराबर क्षति ।

१२) हेवाखोला जलविद्युत आयोजना, ५ मेगावाट (प्रस्तावित ९.९ मेगावाट), पाँचथर (क्रसर पुरिएको, पहुँचमार्गमा क्षति, प्रसारणलाइनको टावर ढलेको, पावर हाउसमा जडान गर्न ल्याइएका सामाग्री बगाएको) करिव १० करोड रुपैयाँ बराबर क्षति ।

१३) सभाखोला बी जलविद्युत आयोजना, १५.१ मेगावाट, पाँचथर, (पहुँचमार्ग, पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थाई पुल बगाएको) करिब ७ करोड रुपैयाँ बराबर क्षति ।

१४) सभाखोला सी जलविद्युत आयोजना, ६.३ मेगावाट, पाँचथर, (पहुँचमार्गमा क्षति) करिव ३ करोड रुपैयाँ बराबर क्षति ।

१५) लान्द्रुक मोदी जलविद्युत आयोजना, ८६.५९ मेगावाट, कास्की, (पहुँचमार्गमा क्षति) करिव ८ करोड रुपैयाँ बराबरको क्षति ।

१६) सुपर त्रिशूली जलविद्युत आयोजना, १०० मेगावाट, नुवाकोट (२ वटा स्काभेटर बगाएको, २ वटा लोडर र ३ वटा ट्रिपर बगाएको, बेलीब्रिज बगाएको, पावर हाउस स्काभेसन पुरिएको) करिब २५ करोड रुपैयाँ बराबरको क्षति ।

१७) लाङटाङ खोला जलविद्युत आयोजना, २० मेगावाट, रसुवा । बाँध, क्याम्प हाउस र पहुँचमार्गमा ठूलो क्षति । क्षतिको रकम एकिन हुन बाँकी ।

१८) खानीखोला जलविद्युत आयोजना, २ मेगावाट, ललितपुर, पावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्वीचयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद । करिब १० करोड रुपैयाँ बराबरको क्षति ।

१९) टुङ्गुन ठोस्ने जलविद्युत आयोजना, ४.३६ मेगावाट, ललितपुर, पावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, स्वीचचयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद । करिब १५ करोड रुपैयाँ बराबरको क्षति ।

२०) माया खोला जलविद्युत आयोजना, १४.९ मेगावाट, संखुवासभा, बाँध र पहुँचमार्गमा क्षति, करबि २ करोड रुपैयाँ बराबरको क्षति ।