शीर्षकहरू

रुरु जलविद्युत परियोजनाकाे लाभांश घोषणा, ८० प्रतिशत हकप्रद शेयर पनि निष्काशन गर्ने

रुरु जलविद्युत परियोजनाकाे लाभांश घोषणा, ८० प्रतिशत हकप्रद शेयर पनि निष्काशन गर्ने

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८०/८१ सम्मको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १२ गते बसेको सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७८९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले बोनस शेयर जारी गरेपश्चात कायम हुने पुँजीमा ८० प्रतिशत हकप्रद शेयर पनि निष्काशन गर्ने घोषणा गरेको छ ।यी प्रस्ताव पारितका लागि कम्पनीले कात्तिक ११ गते साधारण सभा बोलाएको छ । सभा काठमाडौंको नक्सालस्थित लिसारा ब्यांकेटमा बिहान ११ बजे शुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनुका साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित हुनेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज ३० गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज २९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।