शीर्षकहरू

५३ वर्ष पछि काठमाडौंको पानीपोखरीमा अधिक वर्षा, सबैभन्दा अधिक दामनमा ४१० मिमि

५३ वर्ष पछि काठमाडौंको पानीपोखरीमा अधिक वर्षा, सबैभन्दा अधिक दामनमा ४१० मिमि

५३ वर्ष पछि काठमाडौंको पानीपोखरीमा धेरै वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग काठमाडौं स्थित पानीपोखरीमा रहेको जलमापन केन्द्रले असोज १२ (शनिबार) २०६.६ मिलिमिटर वर्षाको मापन गरेको छ । यस अघि २०२८ साल जेठ ३१ गते सोमबार सबैभन्दा धेरै १९८ मिलिमिटर वर्षाको मापन गरेको थियो । ५३ वर्ष वर्ष नयाँ रेकर्ड कायम भएको महाशाखाका महानिर्देशक जगदिश्वेर कर्माचार्यले बताए । 

विभागले असोज १२ गते ८.४५ मा मापन गरिएको वर्षाको तथ्यांक अनुसार १४ वटा जिललाको २५ वटा केन्द्रले २४ घण्टा अवधिको वर्षाको पुरानो रेकर्ड तोकिएको प्रारम्भिक तथ्यांकले देखाएको छ । 

त्यस्तै, नुवाकोटको ककनीमा ५२ वर्षपछि अधिक वर्षा भएको छ । महानिर्देशक कर्माचायका अनुसार ककनी केन्द्रले शनिबार १६९.२ मिलिलिटर वर्षाको मापन गरेको छ । यस अघि २०२९ साल साउन १३ गते शुक्रबार १६१ मिलिमिटर वर्षा मापन भएको थियो । 
अर्घाखाँची, चितवन, धादिङ, भाmपा, काठमाडौ, काभ्रेपलान्चोक, ललितपुर, मकवानपुर, नुवाकोट, पाल्पा, पाँचथर, सिन्धुपाल्चोक, भक्तपुर र तनहुँमा रेकर्ड ब्रेक भएको उनले बताए । 

हालसम्म प्राप्त तथ्यांकका अनुसार मकवानपुर स्थित दामन केन्द्रले ४१० मिमि वर्षाको मापन गरेको छ । यस अघि ३७३.२ मिमि २०५० साल साउन ५ गते मा वर्षा भएको मापन गरिएको थियो । 

सिन्धुपाल्चोकको बाहुनेपाटी केन्द्रले भने ४६ वर्ष पछि सबैभन्दा धेरै वर्षाको मापन गरेको छ । केन्द्रले शनिबार १९०.६ मिलिलिटर वर्षाको मापन गरेको छ । यस अघि २०३५ साउन २ गते सबैभन्दा धेरै १३७.५ मिलिलिटर वर्षाको मापन गरेको थियो । 

तहुँनको खैरेनीटार केन्द्रले ४१ वर्ष धेरै वर्षाको मापन गरेको छ । केन्द्रले शनिबार २५२.३ मिलिलिटर वर्षाको मापन गरेको छ । यस अघि केन्द्रले २०४० साल साउन १ गते सबैभन्दा धेरै २४१.९ मिलिलिटर वर्षा भएको मापन गरेको थियो । 

काठमाडौं विमानस्थल, बुढानिलकण्ठ, धुनिखेल, गोदावरी, टिकाथली, खोकना, चापागाउँ २२ वर्षपछि धेरै वर्षा मापन भएको छ । 

काठमाडौं स्थित काठमाडौं बिमानस्थल मापन केन्द्रले शनिबार २३९.७ मिलिमिटर वर्षा मापन गरेको छ ।  बुढानिलकण्ठ मापन केन्द्रले १७८.३ मिलि मिटर मापन गरेको छ ।

निखेलले २२४.६, गोदावरीले ३११.६, टिकाथलीले २६४, खोकनाले २९७.३, चापागाउँले ३२३.५ मिलिमिटर मापन गरेको छ । यस अघि भने २०५९ साउन ७ गते क्रमश १७७, १५९, २२०, २२५.२, २०७, २४९.२, २००.५ मिलिमिटर मापन भएको थियो ।

अर्घाखाचीको सन्धिखर्क केन्द्रले १९६.६ मिलिलिटर वर्षा मापन गरेको छ । यस अघि २०७८ असार २ गते १६६ मिलिलिटर वर्षाको मापन गरेको थियो । चितवनको गोविन्दबस्ती केन्द्रले २६४ मिलिलिटर मापन गरेको छ ।  यसअ अघि २०८१ साउन ४ गते १९६ मापन भएको थियो । 

धादिङको गजुरीमा २६१.२ मिमि मापन भएको छ । यसअघि २०७८ असार १८ गते १३१.३ रेकर्ड भएको थियो । झापाको चन्द्रगढी बिमानस्थल मापन केन्द्रले शनिबार २५६ मिमि मापन गरेको छ । यस अघि २०७८ असार १४ मा १८८.२ वर्षाको मापन भएको थियो । 
काठमाडौको जितपुफेदीले शनिबार १७८.३, नागर्जुनले २०५.४ वर्षाको मापन गरेका छन् । 

काभ्रेपलान्चोक जिल्लाको खोपासी केन्द्रले ३३१.६ मिलिमिटर मापन गरेको छ । यस अघि केन्द्रले २०१५ सेप्टेम्बर ३ मा अधिकत्तम २७६.९ मिलिमिटरसम्म मापन गरेको थियो । 

ललितपुरको गोदावरी केन्द्रले ३११.६ मिलिमिटर मापन गरेको छ । यस अघि २००२ जुलाई २३ मा अतिकत्तम २२५.२ मिलिमिटर मापन गरेको थियो ।