शीर्षकहरू

बजाज पल्सर एन एस् ४०० जेड : बजाज ग्रान्ड कार्निभल, भृकुटीमण्डपबाट डेलिभरी शुरु

बजाज पल्सर एन एस् ४०० जेड : बजाज ग्रान्ड कार्निभल, भृकुटीमण्डपबाट डेलिभरी शुरु

काठमाडौं । नेपालको लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लिले अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एन एस् ४०० जेडको डेलिभरी भृकुटीमण्डप, काठमाडौंबाट शुरु गरेको छ ।

 नाडा अटो शोबाट एन एस् ४०० जेड बुकिङ गर्ने ग्राहकहरूलाई ४० वटा मोटरसाइकल डेलिभरी गर्दै यसको शुरुवात गरिएको छ । अहिलेसम्मकै ठूलो पल्सर, एन एस् ४०० जेडले शक्ति, प्रविधि, र डिजाइनको समिश्रणबाट स्पोर्ट्स मोटरसाइकल सेगमेन्टलाई नयाँ उचाइमा पुर्याउने कम्पनीले जनाएको छ । जसले नेपाली बाइक प्रेमीहरुलाई रोमाञ्चक यात्राको अनुभूति प्रदान गर्ने कम्पनीको दावी छ ।

बजाज पल्सर एन एस् ४०० जेडलाई ३७३ सिसिको सिगंल–सिलिन्डर, लिक्विड–कुल्ड इन्जिनले शक्ति दिन्छ, जसले ३९.४ बीएचपी र ३५ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । यो ६–स्पीड गियरबक्ससँग जोडिएको छ ।  जसमा स्लिप र असिस्ट क्लच सुविधा रहेको छ जसले सहज गियर सिफ्ट र थप कन्ट्रोल प्रदान गर्दछ। यस मोटरसाइकलमा सटिक थ्रोटल रेस्पोन्स र इन्धन दक्षताका लागि राइड–बाइ–वायर प्रविधि पनि समावेश गरिएको छ ।

ग्रान्ड कार्निभल– द बिगेस्ट एक्सचेन्ज क्याम्प, भृकुटीमण्डपमा आयोजित पल्सर एन एस् ४०० जेडको डेलिभरी समारोहका क्रममा, गोल्छा ग्रुपका डाइरेक्टर अभिमन्यु गोल्छाले आफ्नो उत्साह व्यक्त गर्दै भने, “हामी नेपाली बजारमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एन एस् ४०० जेड डेलिभरी गर्न पाउँदा अत्यन्तै खुशी छौँ। नेपालको विभिन्न क्षेत्रबाट प्राप्त अपार बुकिङका कारण हामी दशैंर तिहारको बीचमा माग पूरा गर्नेछौ ।”

फिचरको कुरा गर्दा, पल्सर एन एस् ४०० जेड अहिलेसम्मकै सबैभन्दा एडभान्सड पल्सर हो। यसमा रोड, रेन, स्पोर्ट, र अफ–रोड गरी चारवटा राइडिङ मोडहरु छन,् साथै स्विच गर्न मिल्ने ट्राक्सन कन्ट्रोल र डुअल–च्यानल एबिएस् रहेको छ, जसले सबै प्रकारका सडकमा उच्च सुरक्षा प्रदान गर्दछ । यस मोटरसाइकलमा फुल कलर एलसिडि स्क्रिन रहेको छ, जसमा ब्लुटुथ कनेक्सनको सुविधा उपलब्ध छ, जसले टर्न–बाइ–टर्न नेभिगेसन, म्युजिक कन्ट्रोल, र अन्य राइड सम्बन्धित आवश्यक जानकारी प्रदान गर्ने जनाएको  छ । 

मस्कुलर र एरोडाइनामिक डिजाइनको साथमा, एन एस् ४०० जेडमा चिजल्ड फ्यलु ट्याङ्क, शार्प ट्याङ्क एक्सटेन्सनस, आरामदायी स्प्लिट सिट सेटअप, र स्टाइलिस १७–इन्च अलोय व्हील्स रहेका छन् ।  यस मोटरसाइकलको इन्धन ट्याङ्क क्षमता १२ लिटर छ र सीटको उचाइ ८०७ मिमी रहेको छ, जसले नजिक तथा लामो दुरीको यात्रामा पनि सहजता र स्थिरता प्रदान गर्ने कम्पनीले जनाएको छ । अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एन एस् ४०० जेडको मूल्य नेपालमा ५,५९,९०० रुपैयाँ रहेको छ ।