शीर्षकहरू

लाइफ इन्स्योरेन्स कर्पोरेशनलाई ८८.४५ प्रतिशत हकप्रद विक्री गर्न बोर्डले दियो अनुमति

लाइफ इन्स्योरेन्स कर्पोरेशनलाई ८८.४५ प्रतिशत हकप्रद विक्री गर्न बोर्डले दियो अनुमति

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्ड गत शुक्रवार कम्पनीलाई ८८ दशमलव ४५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको जानकारी बोर्डका नियमन विभाग प्रमुख मुक्ति श्रेष्ठले जानकारी दिए । उनका अनुसार कम्पनीलाई २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न अनुमति दिइएको हो । 

यो हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीले गत वर्ष असोज २९ गते हकप्रद शेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ६५ करोड छ । हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात पूँजी रू.५ अर्ब पुग्नेछ ।