शीर्षकहरू

एनएमबि फिफ्टीले धितोपत्रमा गरेको लगानी रकम एक अर्बभन्दा बढी

एनएमबि फिफ्टीले धितोपत्रमा गरेको लगानी रकम एक अर्बभन्दा बढी

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिफ्टीले धितोपत्रमा १ अर्ब २७ करोड ९८ लाख रुपैयाँभन्दा बढी लगानी गरेको छ । धितोपत्र बजारमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालित यस योजनाले धितोपत्रमा गरेको लगानीको बजारमूल्य भने १ अर्ब ४१ करोड ९१ लाख रुपैयाँभन्दा बढी छ । साउन मसान्तसम्म मुद्दती निक्षेपमा ९ करोड ५३ लाख रुपैयाँभन्दा बढी जम्मा गरेको योजनाले भदौ मसान्तसम्म भने कुनै पनि रकम मुद्दती निक्षेपमा जम्मा गरेको छैन् ।

बैंक मौज्दातमा भने २० करोड ५६ लाख रुपैयाँभन्दा बढी रकम कायम छ । सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । भदौ मसान्तसम्म योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य १२ रुपैयाँ ९८ पैसा छ । साउन मसान्तसम्मको तुलनामा यो मूल्य भदौमा कम भएको हो । साउन मसान्तसम्म यो मूल्य १४ रुपैयाँ ५० पैसा थियो । 

साउन मसान्तसम्म ३५ करोड ११ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको योजनाले भदौ मसान्तसम्म १६ करोड ४४ लाख रुपैयाँभन्दा बढी मात्र आम्दानी गरेको हो । खर्च भने साउन मसान्तसम्म २९ लाख ३९ हजार रुपैयाँभन्दा बढी भएकोमा भदौ मसान्तसम्म ५६ लाख ४ हजार रुपैयाँभन्दा बढी भएको हो ।