शीर्षकहरू

गरिमा र नेपाल लाइफ क्यापिटलले पाए धितोपत्र अण्डराइटिङको अनुमति

गरिमा र नेपाल लाइफ क्यापिटलले पाए धितोपत्र अण्डराइटिङको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तीन वटा मर्चेन्ट बैकरलाई थप काम गर्नका लागि स्वीकृति प्रदान गरेको छ । सेबोनको गत ११ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल लाइफ क्यापिटल, गरिमा क्यापिटल, हिमालयन र माछापुच्छ्रे क्यापिटललाई थप कार्य गर्न लगि अनुमति प्रदान गरेको हो । 

सेबोनले गरिमा क्यापिटल र नेपाल  लाइफ क्यापिटललाई धितोपत्र प्रत्याभूति सेवा सञ्चालन गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको हो । माछापुच्छे« क्यापिटललाई योजना व्यवस्थापक र डिपोजिटरीको अनुमती प्रदान गर्नै निर्णय गरेको सेबोनले जनाएको छ ।  
यस अघि गरिमा र नेपाल लाइफ क्यापिटलले पोर्टफोलियो व्यवस्थापनको काम गर्दै आएका थिए भने माछापुच्छ«ेले अन्डारराइटिङ, पोर्टफोलियो म्यानेजर र कर्पोरेट एडभाइजरको काम गर्दै आएको थियो । 

ऐन बमोजिम सेबोनले मर्चेन्ट बैकरलाई धितोपत्र निष्कासनका लागि विवरण पत्र, विक्री सम्बन्धी प्रस्ताव तथा अन्य विवरण तयार पार्ने, धितोपत्रकोृ निष्कासन तथा विक्री प्रबन्ध सम्बन्धी कार्य लगायतका काम गर्ने अनुमति दिँदै आएको छ । त्यस्तै, संगठित संस्थाले निष्कासन गरेको धितोपत्रहरु विक्री नभए आफूले खरिद गर्न प्रत्याभूति दिने, संगठित संस्थाका तर्फबाट धितोपत्र धनीहरुको अभिलेख राख्ने तथा धितोपत्रहरुको नामसारी लगायत सेयर रजिष्ट्रेशन सम्बन्धी अन्य सेवा प्रदानका काम गर्नका लागि पनि मर्चेन्ट बैकहरुले अनुमति पाउँदै आएका छन् । 

मर्चेन्ट बैकर नियमावली २०६४ अनुसार धितोपत्र अण्डरराइटिङ गर्ने मर्चेन्ट बैंकरको चुक्ता पूँजी ७ करोड रुपैयाँ तोकिएको छ । त्यस्तै, निष्कासन तथा विक्री प्रबन्धक र लगानी व्यवस्थापकको काम गर्ने मर्चेन्ट बैकरको लागि भने ५/५ करोड रुपैयाँ चुक्ता पूँजी तोकिएको छ भने सेयर रजिष्ट्रार संस्थागत परामर्शदाताको काम गर्ने बैकरको लागि न्यूनतम ३÷३ करोड रुपैयाँ पूँजी तोकिएको छ । सबै खालको काम गर्ने मर्चेन्ट बैंकरको लागि भने सेबोनले २० करोड रुपैयाँ चुक्ता पूँजी तोकेको छ । नेपालमा ३० वटा मर्चेन्ट बैंकरलाई सञ्चालन अनुमति पाएका छन् ।