शीर्षकहरू

अवरुद्ध सडक खुल्योः काठमाडौंबाट सवारीसाधन बाहिर पठाउने तयारी

अवरुद्ध सडक खुल्योः काठमाडौंबाट सवारीसाधन बाहिर पठाउने तयारी

काठमाडौं । पृथ्वी राजमार्ग अन्र्तगत धादिङको झ्याप्लेखोलामा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय ७ सवारीसाधन काठमाडौं उपत्यका भित्रिएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले आइतबार साझँदेखि झ्याप्लेमा अवरुद्ध सडक खुलेयता अलपत्र यात्रुहरुसहित लिएर सयौं सवारीसाधन काठमाडौं भित्रिएको जानकारी दिए । 

सोमबार साँझदेखि काठमाडौंबाट पनि सो राजमार्ग भएर सवारीसाधन पठाउने तयारीमा प्रहरी खटिएको प्रवक्ता तिवारीले जानकारी दिए । “आजबाट उपत्कायबाट पनि पृथ्वी राजमार्ग हुँदै सवारी साधन बाहिरने छन्”, उनले भने, “मुख्य राजमार्गका साथै अन्य अवरुद्ध सडक सञ्चालनका लागि गृह मन्त्रालयले अन्य निकायसित समन्वय गरेर अघि बढेको छ ।”

गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक समेत गृहमन्त्री रमेश लेखकले डाकेका थिए । बैठकमा सुरक्षा निकायका प्रमुखहरुले बाढी, पहिरो, डुबान तथा विपद्मा भइरहेको उद्दार, राहत, घाइतेको उपचार र अवरुद्ध सडक खुलाउने विषयमा भइरहेको जानकारी गराएका छन् । “आज साझँसम्म काभ्रेपलान्चोकको बीपी राजमार्ग अन्र्तगत रोशी खोलामा अलपत्र परेका सबै यात्रुहरुको उद्दार भइसक्छ । अहिले त्यहाँ नेपाली सेनासहित सुरक्षाकर्मीको टोली हवाइ उद्दारदेखि डोरीको सहायताबाट समेत अलपत्र यात्रुहरुको उद्दार निरन्तर गरिरहेको छ”, उनले भने । 

प्रवक्ता तिवारीले मौसम पूर्ण रुपमा समान्य बनिनसकेको अवस्था रहेकाले यात्रा गर्दा सावधानी अप्नाउनुपर्नेमा जोड दिए । उनले भने, “विस्तारै सडक खुल्ने र खुलाउने क्रममा छ । अझै पहिरो लगायत जोखिम टरिसकेको छैन् ।”

अवरुद्ध सडक सुचारु गर्न सरोकारवाल निकायका साथै मुलुकका विभिन्न स्थानमा सुरक्षाकर्मीको टोली समेत परिचालन भएको छ ।“रोशी लगायत प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै राहत वितरण पनि हुदैछ”, प्रवक्ता तिवारीले भने, “घाइतेहरुको उद्दार गरी विभिन्न अस्पतालमा निःशुल्क उपचार भइरहेको छ ।”