शीर्षकहरू

सहकारीलाई प्रवर्द्धन कोषमा रकम जम्मा गर्न काठमाडौं महानगरको निर्देशन

सहकारीलाई प्रवर्द्धन कोषमा रकम जम्मा गर्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गतको सहकारी विभागले सहकारी संस्थाहरुलाई सहकारी प्रवर्धन कोषमा रकम जम्मा गर्न निर्देशन दिएको छ । महानगरपालिका सोमबार एक सूचना जारी गर्दै मातहतका सहकारी संस्थाहरुलाई सहकारी प्रवद्र्धन कोषमा रकम जम्मा गर्न भनेको हो  ।

काठमाडौं महानगरपालिका कार्य क्षेत्रभित्र रहेका सहकारी संस्थाहरूको प्रवर्धन तथा संस्थागत विकासका लागि काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा (४९) को उपदफा (१) र सहकारी नियमावली, २०५० को नियम (१८) उपनियम (१) अनुसार संस्थाले सहकारी व्यवसायको प्रवर्धन गर्नका लागि ऐनको दफा (४७) बमोजिम जगेडा कोषमा सोही दफाको उपदफा (२) को खण्ड (क) बमोजिमको रकम छुट्याई बाँकी रहेका रकमको शून्य दशमलव पाँच प्रतिशत (जगेडा कोषको) ले हुन आउने रकम महानगर सहकारी प्रवर्धन कोषमा वार्षिक रूपमा जम्मा गर्नुपर्ने व्यवस्था छ । 

‘यो व्यवस्था कार्यान्वयन भएकोले महानगर सहकारी प्रवर्धन कोषको खाता नं. ००१४१५०१०७७२६००२ (एन आई सी एशिया बैंक लि.) मा ऐ. ऐन र नियमावलीले तोकिए बमोजिम रकम जम्मा गर्नुहुन सम्पूर्ण सहकारी संस्थाहरूलाई जानकारी गराइन्छ’, सूचनामा भनिएको छ ।   

null