शीर्षकहरू

नेपाल उद्योग वाणिज्य महासंघले अति प्रभावित जिल्लालाई एक/एक रुपैयाँ राहत प्रदान गर्ने

नेपाल उद्योग वाणिज्य महासंघले अति प्रभावित जिल्लालाई एक/एक रुपैयाँ राहत प्रदान गर्ने

काठमाडौं । बाढी पहिरोबाट अति प्रभावित जिल्लालाई जिल्ला उद्योग वाणिज्य संघ मार्फत अति एक/एक लाख रुपैया राहत रकम प्रदान गर्ने उद्योग बाणिज्य महासंघले निर्णय गरेको छ । महासंघका सदस्य जिल्ला उद्योग वाणिज्य संघहरू मार्फत उक्त रकम राहतका लागि उपयोग गरिनेछ । 

यसका साथै विपदको यस समय आ आफ्नो तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउन महासंघ कार्यकारिणी समिति सदस्य लगायत सदस्य जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ, एसोसिएट एवं द्वीराष्ट्रिय संघहरू एवं सम्पूर्ण उद्यमी व्यवसायीहरूलाई महासंघले आग्रह गरेको छ । 

यसैगरी यातायात अवरुद्ध भएको यस घडीमा अत्यावश्यकीय सामान लगायतको आपूर्तिका लागि यथासम्भव सक्रिय रहन महासंघले आग्रह गरेको छ । 

उद्धारका क्रममा आवश्यक उपकरणको सरकारबाट समेत माग भएको सन्दर्भमा उक्त सामाग्री यथासम्भव उद्धार कार्यमा संलग्न सरकारका निकायलाई उपलब्ध गराइ दिन पनि महासंघ आफ्ना सदस्यहरूलाई आग्रह गरेको छ ।