शीर्षकहरू

चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घट्यो

चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घट्यो

काठमाडौं । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो । आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा रु एक, डिजेलमा  दुई रुपैयाँ, हवाई इन्धनमा आन्तरिकमा  छ रुपैयाँ तथा बाह्यमा प्रतिहजार लिटरमा  ४५ रुपैयाँ, मट्टीतेलमा  दुई  रुपैयाँ घटाइएको जनाएको छ । 

एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ रुपैयाँबढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ । इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ । साथै आयल निगमले पर्वका बेला इनधन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ ।